घर जग्गामा बैकहरुको ६३० अर्ब लगानी लगानी

Prabhu

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घर जग्गामा बैंकहरुको लगानी ६३० अर्ब रुपैयाँ रहेको बताएका छन्। नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन सोमबार अध्यक्ष केसीले रियल स्टेट र हाउजिङलाई समावेश गर्दा बैंकहरुको लगानी ६३० अर्ब रहेको बताएका हुन्।

घर जग्गामा बैंकहरुको कुल लगानीको १३ प्रतिशत भएको उनको दाबी छ। उनका अनुसार बैंकहरुले ६२ सय अर्ब डिपोजिट लिएर करिब ५ हजार अर्ब कर्जा विस्तार गरेका छन्।

बैंकहरुको घर जग्गामा गरिएको लगानी जलविद्युत परियोजनामा गरिएको लगानीको दोब्बर हो। भने कृषिमा गरिएको लगानीको करिब बराबर भएको उनले बताए। साथै बैंकहरुको घर जग्गामा कुल लगानीको ३५ सय अर्ब धितोको रुपमा लिएका छन्।

‘विगतमा बैंकहरुको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार बढ्ने गरेको थियो। पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन सकेको छैन,’ केसीले भने।

घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने उनको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने बताए ।

बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार