ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

Prabhu

काठमाडौं । ग्लोबल आइएमई बैंक  र बडीमालिका नगरपालिकाबिच  सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ ।

यो खालको कर्जा प्रबाहले नगरबासीमा उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धनमना सहयोग हुने बैंकले बिस्वास लिएको छ

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकको सतहत्तरै जिल्लामा बैंक ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र मार्फत बैङ्किङ सेबा प्रदान गरिरहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार