आज पनि बढ्यो सुनचाँदीको मूल्य

Prabhu

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबारका लागि सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढे सँगै सोमबार सुनचाँदीको मूल्य बढेको हो । महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ तोकेको थियो ।महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख १६ हजार ९ सय ४० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १६ हजार ३ सय ८० रुपैयाँ तोकेको छ । सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १६ हजार २ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ तोकेको थियो ।

त्यस्तै मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ बढेको मूल्य सँगै चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम १ हजार ४ सय ३६ रुपैयाँ तोकिएको छ । महासंघले सोमबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ तोकेको थियो भने चाँदी प्रति १० ग्रामको १ हजार ४ सय २३ रुपैयाँ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार