राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री इल्नर ममादोभले भेट गरेका छन् । शुक्रबार उपविदेशमन्त्री ममादोभ राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । भेटमा नेपाल र अजरबैजानबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

बीमा क्षेत्रको पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु बाँडफाँट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको छ। जुन कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको हो। यो योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा […]

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्नु होः क्यान

काठमाडौं । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ (कम्प्युटर एशोसिएसन नेपाल महासंघ) ले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्ने साझा लक्ष्यमा सबैको सहयोग र प्रयास आवश्यक रहेको जनाएको छ। एक शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपालको निर्माणका लागि सूचना प्रविधिको महत्वलाई विशेष रुपमा औंल्याउँदै सूचना […]

गोर्खाज फाइनान्सको सीइओमा पुन: ज्ञानेन्द्र इवाहाङ नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सले   कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गरेको छ । वैशाख १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सीइओमा इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको  हो । कम्पनीले आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। इवाहाङ हाल कम्पनीमै वरिष्ठ […]

लिवर्टी इनर्जीले बडिगाड खोलाको लाइसेन्स बेच्यो

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बागलुङ जिल्ला स्थित २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेको छ । कम्पनीले आफ्नै शतप्रतिशत स्वामित्व रहेको बडिगाड हाइड्रोपावर लिमिटेडलाई आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र बिक्री गरेको हो । विद्युत विकास विभागले वैशाख १७ गते सो लाइसेन्स बडिगाड हाइड्रोपावर लिमिटेडको नाममा हस्तान्तरण गरिएको जानकारी […]

ग्रीन भेन्चर्सका अध्यक्ष संघईद्वारा राजिनामा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो जेठ ९ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०।३६८४ प्रतिशत […]

उपत्यकामा ठूलो परिणाममा प्रतिबन्धित भेप बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट ठूलो मात्रामा प्रतिबन्धित इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। बुधबार विभागको अनुगमन टोलीले काठमाडौंको आरबी कम्प्लेक्स र ललितपुरस्थित मेडिसिटी अस्पताल नजिकका व्यापारीक स्थलहरूबाट भेप बरामद गरेको हो। विभागका अनुसार आरबी कम्प्लेक्समा रहेका ‘स्माइल योर च्वाइस’ र ‘भेपमाण्डु टेडस’ नामक पसलहरू तथा मेडिसिटी अस्पताल नजिक […]

भुकम्पले भत्काएको श्री जनप्रिय आधारभुत विद्यालय भवन पुनर्निर्माणमा सिद्धार्थ बैंकको साथ

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा बन्ने श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु भएको छ । सो भवनको पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरिएको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एउटा भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगमा हुन लागेको हो । उक्त बिध्यालयमा  कुल १७५ जना […]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित […]