मुग्लिन-नारायणगढ सडक खण्डमा दुई तर्फी आवागमन अवरुद्ध, रातभर नखुल्ने

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो । दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको […]

‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका-२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर बिर्तामोड नगरपालिका-१० बिराटपोखरमा घर बनाइरहेका थिए । गत भदौ तेस्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई […]

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ। जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ। बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक […]

चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको छ । महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण […]

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान […]

कर्णालीमा ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार । कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत ३० भदौदेखि १० कात्तिकसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए । सहुलियतमा बिक्रीवितरण हुने चामल, चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ । […]

आगलागी भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैन

काठमाडौं । जेन-जी आन्दोलनकाक्रममा भदौ २४ गते जलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको छ। नेपाल इन्जिनियर्स एशोसिएशनले गरेको निरीक्षणकाक्रममा मन्त्रालय जलेर ध्वस्त भएको र तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको हो। ‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वाल (पर्खाल)हरूमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ […]

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । ‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन […]

यात्रुलाई सहज गराउने उद्देश्यले चाडबाड लक्षित यातायात व्यवस्थापनबारे ७ वटा निर्णय जारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा निर्णय गरेका छन्। शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी […]

घरजग्गा कारोबारमा कमी, राजस्व संकलनमा भने बढी

काठमाडौं । पछिल्लो महिनामा घर जग्गा कारोबार थप घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौमा मुलुक भर २७ हजार ४९४ वटा मात्रै घरजग्गाका कारोबार भएका छन् । लिखित पारितका आधारमा यस्तो देखिएको हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । गत आवको […]