कजारिया रमेश टायल्सको पार्टनर्स मिट सम्पन्न, नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको सिएम सिरेमिक वाल टायल सार्वजनिक

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मीट सम्पन्न गरेको छ । यस विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन […]

कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्मचारीको अवकाशको उमेर ६५ वर्ष बनाउन सुझाव दिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बताए। सदस्य बिच्छाले नेपालीको औषत आयु बढेको, कार्यक्षमता वृद्धि भएको लगायतका विभिन्न कारणले अवकाशको उमेर बढाउन उपयुक्त हुने बताए । निजामती बाहेक […]

कञ्चनपुरमा बीमाको रकम कुम्ल्याउन श्रीमतीले गरिन् श्रीमानको हत्या

धनगढी । बीमा रकम कुम्ल्याउन कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुलासा भएको छ। घटना भएको करिब २ महिनापछि बीमाकै रकम पाउन ती व्यक्तिको श्रीमतीले हत्या गरेको खुलासा भएको हो। घटना मंसिर १३ गतेको हो। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको शव घरभित्रै फेला परेको थियो। घटना घटेकोको दोस्रो दिन प्रहरीले […]

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग […]

चार दिन पछि बढेको शेयर बजार फेरि घट्यो, १० करोडले बढ्यो कारोबार रकम

काठमाडौं । चार दिन पछि बढेको शेयर बजार बिहीबार पुनः घटेको छ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने सामान्य अंकले घटेको हो । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३९ अंकले घटेर ४३६.६२ […]

नौ वटा वाणिज्य बैंकले लाभांश वितरण नगर्ने, सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरु मध्ये ११ वटा वाणिज्य बैंकले मात्र लाभांश वितरण गर्ने भएको छ । ११ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्दा ९ वटाले भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण गर्ने […]

आईपीओ भर्नका लागि ५० हजार आवश्यक पर्ने नियम सहित साना तथा मझौला संस्थाको नियमावली कार्यान्वयनमा

काठमाडौ । नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसॅगै बोर्डले २०८१ साल माघ ३ गतेबाट यो नियमावली कार्यान्वयनमा ल्याएको हो । न्युनतम २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक […]

मातृभूमि लघुवित्तको २२ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार ६८५ कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले एक जना संस्थापक शेयरधनीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कैलाली वा कर्पोरेट कार्यालय […]

महालक्ष्मी विकास बैंकले लाभांश रकम शेयरधनीको खातामा जम्मा गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएकै दिनदेखि नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँको […]

ठेक्काको म्याद पाँचपटक थप्दा पनि बनेन कन्काई नदीमा पुल

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ। विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ। यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला […]