सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, ३.६५ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । […]

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको (आईआईएन) छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले (आईआईएन) छैठौं वार्षिक सम्पन्न गरेको छ  । साधारणसभाको  उद्घाटन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहाल गरेका थिए । सभाको उद्घाटन कार्यक्रममा उनले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिएका थिए । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक […]

सरकारले गर्यो १३ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गत पुष २६ मा  बसेको मन्त्री परिषद्को वैठकले १३ जना निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणि सचिवको सरुवा गरेको छ । सरकारले सरुवा गरेका सचिवहरुमा दिनेश भट्टराइलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यलय सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनका सचिव भरतमणि सुवेदीलाई उपराष्ट्रपतिको कार्यलय, युवा तथा खेलकुद मन्त्रालयका सचिव […]

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक बर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा तोक्ने निर्णय गरेको छ ।

वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड मुनाफा, नेपाल एसबीआई बैंकले कमायो सबैभन्दा बढी मुनाफा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३० लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब २२ करोड ५३ लाखले बढी हो […]

नागरिक लगानी कोषको चुक्ता पूँची बढाउन सरकारको स्वीकृति

काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । पुस २६ बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ६ अर्ब ४८ करोड १७ लाख १२ हजार कायम गर्न स्वीकृति दिएको हो । २ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको […]

तीन वर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुन्छ: मन्त्री अधिकारी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन बर्षभित्र भूमि समस्या स्थायीरुपमा समाधान हुने बताएका छन् । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्त्वपुर्ण कामहरुको जानकारी गराउदैं अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गदैं आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या […]

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी […]

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सम्पन्न

काठमाडौं । लक्ष्मी सन्राइज बैंक, प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड को पहिलो वार्षिक साधारण सभा मिति पुस २८ मासफलतापुर्वक सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ । […]

१५ अंकले घट्यो नेप्से, समूह सूचकहरु शतप्रतिशत राताम्ये

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५६ अंकले घटेर ४४१.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९८ अंकले र […]