किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरी सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । […]

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन्। उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन्। ‘आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा […]

रास्वपा प्रदेश राख्ने प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए । प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले बताए । पालिकाहरूको प्रतिनिधि पुगेर […]

ऐनापहरामा व्यावसायिक रुपमा सञ्चालनमा आयो ‘स्काइ वाक’

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति २५० शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]

नेपाल युवा उद्यमी मञ्चको २१औं साधारणसभा सम्पन्न, सुदिप घिमिरे अध्यक्ष चयन

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (NYEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी समिति गठन गर्दै श्री सुदिप घिमिरेलाई राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । उक्त घोषणा मञ्चको २१औं वार्षिक साधारणसभाको अवसरमा श्रावण २ गते (जुलाई १८, २०२५) शुक्रवार, काठमाडौंस्थित मर्क्युर होटलमा आयोजित कार्यक्रममा गरिएको हो । यस वर्ष “RESONATE” भन्ने विषयवस्तुलाई आत्मसात […]

साताको शेयर : १३९ अंकले नेप्से बढ्दा कारोबार रकम १८ अर्बले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भए सँगै शेयर बजार भएसँगै शेयर बजार बढेको छ । साउन १ गते देखि आर्थिक वर्षै २०८२/८३ कार्यान्वयनमा आएको र बजेट तथा मौद्रिक नीतिले लिएको नीतिहरुले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव परेको पाइन्छ, यद्पि यो साताको अन्तिम दिन मात्र चालु आर्थिक वर्षको शेयर कारोबार भयो । यो साता […]

व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ, भन्छन्- निक्कै सन्तुष्टि मिलेको छ

स्याङ्जा। स्याङ्जाका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन् । आँधीखोला गाउँपालिका– ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका– ४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन् । ठूलाखेतमा ९ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए । कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि […]

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने

गण्डकी । पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा […]

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए। […]

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र […]