यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम् थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रति […]

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ ।मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार रु २० लाख बजेटमा जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल निर्माण गरिएको हो। मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका लागि साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिए। […]

अबुधाबीमा कार्यरत नेपालीले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन सक्ने

काठमाडौं । रोजगारीका लागि सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गरेका नेपाली श्रमिकहरूले अब वैधानिक प्रक्रियाबाट श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार युएईको अबुधाबी इमिरेटसमा कार्यरत नेपाली कामदारले नेपाली राजदूतावास अबुधाबीमा आवेदन दिएमा वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ। नेपाली राजदूतावास अबुधाबीले […]

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे । ठाउँ ठाउँमा लिफ्टको […]

साउन १ गते देखि श्रमिकको न्यूनतम तलब १९ हजार ५५० लागु

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो। नयाँ दर साउन १ गतेदेखि नै लागू भइसकेको छ। अबदेखि श्रमिकको न्यूनतम पारिश्रमिकमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत […]

हिमालयन बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको २ लाख बढी शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ५ हजार २४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीले मात्रै खरिद निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र शेयर खरिदका […]

२०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको तोलामा १५ रुपैयाँले […]

कालिका लघुवित्तको ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले निलकण्ठ उप्रेतिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन […]

वायुसेवा निगमद्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ऋणको किस्तावापत कूल ५३ करोड ९ लाख भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी […]

विदेश जाने नागरिकले ३ हजार डलर लान पाउने

काठमाडौं । अब भारत बाहेककका देशमा  विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । यस अघि बिदेश भ्रमणमा जाने नेपालि नागरिकलाई राहदानी बापत प्रति पटक २५ सय अमेरिकि डलर मात्र पाउने सुबिधा रहेको थियो । बिदेशी मुद्रा सटही गर्ने संस्थाले ग्राहकको नागरिकता वा राष्ट्रिय परिचय पत्रको डिजिटल कपिको […]