भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ”भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ […]

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

काठमाडौं । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक […]

कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । मंसिर २९ गते शनिबार सम्पन्न नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको […]

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले […]

एनपीएल : काठमाडौंसँग विराटनगर एक विकेटले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई […]

भिभो क्रिककार्निवल: स्मार्टफोन खरिदमा आकर्षक पुरस्कार र बम्पर अफर

काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, ”क्रिककार्निवल” को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू […]

सिराहाको गोलबजारमा नेपाल बैंकको आफ्नै भवनबाट सेवा सुरु

काठमाडौं । नेपाल बैंकले सिराहाको गोलबजारमा आफ्नै भवनबाट सेवा सुरु गरेको छ । गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट मंसिर २६ गतेदेखि बैंकिङ्ग कारोबार सुरु गरेको हो । गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको […]

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ । मंसिर २२ बाट संचालनमा आएको यो […]

‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ जेएमईभी जीएसई नेपालमा सार्वजनिक

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ। ‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएमईभी जीएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखिएको कम्पनीको भनाई छ। जेएमईभीको विश्वस्तरीय इन्जिनियरिङ जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएमईभी) द्वारा निर्मित, जीएसई इभी […]

मंसिरको तुलनामा पुसमा ब्याजदर बढ्यो, कुन बैंकको कति ब्याजदर

काठमाडौं । पुस महिनाका लागि बैंकहरुले औसत ब्याजदर बढाएका छन् । पुस महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरमा मंसिरको तुलनामा पुसमा औसत ब्याजदर घटेको बढेको देखिन्छ । पुसमा बैंकहरुले ०.०४६ प्रतिशतले औसत ब्याजदर बढाएका छन् । मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औसतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा औसत ब्याजदर ०.०४६ प्रतिशत विन्दुले बढेर ६.०१ […]