नेशनल लाइफको साधारणसभा सम्पन्न, कुल १५ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको हो। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र […]

भिजिट भिसा प्रकरणमा संसदको आन्दोलन थप सशक्त बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । रास्वपाले संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो। बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने […]

एलडिसी स्तरोन्नतिबाट सिर्जित अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रह गरेका छन् । आयोगले आज आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नतिः चुनौती र आगामी योजना’ विषय राष्ट्रिय कार्यशालालाई सम्बोधन […]

रास्वपा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, वाग्ले नीति तथा विचार विभाग प्रमुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिएको हो। उक्त विभागको उपप्रमुख सन्तोष परियार तोकिएका छन् । त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको छ। पार्टीको ऊर्जा तथा जलस्रोत विभाग संयोजकको जिम्मेवारी श्रीराम न्यौपानेलाई […]

संसद बस्नुअघि प्रमुख सचेतकसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्। बैठकमा प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ।बानेश्वरस्थित कार्यकक्षमा अहिले सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल गरिरहेका छन् । छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सचेतक सुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष […]

‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र […]

दैलेखको जलजलेमा  एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको विशाल भण्डारण 

काठमाडौं । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य […]

फेडरल रिजर्भको ब्याज दर यथावत, ‘पर्ख र हेर्न’ रणनीति कायम

काठमाडौं । अमेरिकी फेडरल रिजर्भ (फेड) ले संघीय कोष दरको लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म यथावत् राख्ने निर्णय गरेको छ । हालैको मौद्रिक नीतिसँगै, फेडले पछिल्लो पटक पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गर्दै चौथोपटक लगातार बेन्चमार्क दर यथावत् राखेको हो । फेडको निर्णयलाई ‘पर्ख र हेर्न’ रणनीतिको निरन्तरता मानिएको छ, जुन पछिल्लो समय अमेरिकी आर्थिक गतिविधिमा […]

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको […]

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई […]