१८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिएको उक्त रकम बराबरको टे«जरी बिलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका […]

नेकपाका नेतामाथि प्रदिप ज्ञवालीको प्रश्न : गाली सप्ताह कहिलेसम्म

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका आरोप–प्रत्यारोप, गालीगलौज र बिनाआधारको आलोचनाबाट जोगिएर तथ्य, सिद्धान्त र व्यवहारमा आधारित राजनीतिक प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्  । उनले अन्य राजनीतिक दलका नेताहरू र स्वघोषित विश्लेषकहरूलाई एमालेलाई गाली गालि गरेर गालि पुराण लगाउनु भन्दा एमाले भन्दा ठुलो राजनीतिक दल बनाउन सुझाव दिएका हुन्  । […]

२०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरासहित भिभो एक्स३०० प्रो नेपाली बजारमा

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ । जाईस् सँगको सहकार्यमा विकसित भिभो एक्स-३०० […]

बढ्यो सुनको मूल्य,घट्यो चाँदी प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ७ सय रपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । […]

गार्डियन माइक्रो लाइफले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी […]

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो भन्ने जवाफ भेटिँदैन […]

एनपिएलः आज खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । […]

राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सरोकारवालाको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन  तयार गरि   आम सरोकारवालको सुझावको लागि आव्हान गरेको छ   । नेपाल राष्ट्र बैङ्ले  आफुले तयार गरेको एआई मार्गदर्शन को मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ  ।  www.nrb.org.np\category\notices मा राखिएको ले उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा […]

आशा लघुबित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले आशा लघुवित्त बित्तिय संस्थाको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजन पश्चात १ हजार ९० रुपैँया ४१ पैसा तय गरेको छ । कम्पनीले शेयर धनीलाई ९.५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । बुक क्लोज अगाडि कम्पनीको शेयर मूल्य १हजार १ सय ९४ रुपैँया रहेको थियो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एन. आर. एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ७८ हजार २ सय ९ कित्ता संस्थापक  शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक  हाल कायम संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित […]