कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ? 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो । कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ […]

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु […]

नेपालले कतारको सामना गर्दै 

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ । छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा […]

आजको मौसम : देशभरका मौसम मुख्यतया सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशभर मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ […]

दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी

दाङ। घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ । वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ । उनी घर खर्चका लागि […]

धितोपत्र बोर्डको मुख्य गेटमा ताला, कार्यालयमा पुग्यो प्रहरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको मुख्य गेटमा ताला लागेको छ । लगानीकर्ताहरुले बोर्डको मुख्य गेटमा ताला लगाएर अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमा नै घेरेर राखेका हुन् । अवस्था तनावग्रस्त हुँदा बोर्ड कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । लगानीकर्ताले सेयर बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् । अध्यक्ष श्रेष्ठले पुँजी बजारको […]

शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

दोधारा चाँदनी । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा […]

टि–२० विश्वकप छनोट, युएई विरुद्ध नेपालको १ रनको रोमाञ्जक जित

काठमाडौं । नेपालले टि–२० विश्वकप छनोट अन्तर्गत सुपर ६ को पहिलो खेलमा सनसनिपूर्ण जित निकालेको छ । नेपालले युएईलाई १ रनले पराजित गरेको हो । जितका लागि १४१ रनको लक्ष्य पाएको युएईले निर्धारीत ओभारमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो । उसका लागि अलिशान शराफुले ५१ रनको अर्धशतक प्रहार गरे पनि तो जितका […]

धानबालीमा फड्के कीराको संक्रमण तीव्र

पर्वत । जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ । फड्के कीराको बयस्क […]