कुमारी बैंकको ७ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर बिक्रीमा ल्याइएको हो । पहिलो प्राथमिकतामा बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा […]

रुरु हाइड्रोले कर्णाली वाटर पावरमा गरेको लगानी बेच्दै

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावर प्रालिमा गरेको लगानी मध्ये केही लगानी बिक्री गर्ने भएको छ । कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले कर्णाली वाटर पावरमा ७ करोड ७० लाख रुपैयाँ शेयर लगानी गरेकोमा सो मध्ये ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर लगानी […]

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा […]

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पु‍र्याउनु हो । यस क्याम्पेन मार्फत विद्यालयका खेल मैदानलाई आधुनिक […]

सुन, हिरा लगायत बहुमुल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरवलोकन गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मुल्य अभिवृद्धिकर (भ्याट) पुनरावलोकन गर्न सरकारसंग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल सुनचाँदी […]

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनसोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६५ […]

असार ९ देखि आईपीओ निकाल्दै दरमखोला हाइड्रोपावर

काठमाडौं ।दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब तीन करोड पाँच लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात रु ३९ करोड ५० लाख रुपैयाँ बराबरको रु.१०० अंकित दरका ३९ लाख ५० हाजर कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १० करोड ३० […]

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय/सुझाव मागेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय/सुझाव भए राष्ट्र बैंककझ आर्थिक अनुसन्धान विभाग तथा इमेल: [email protected] मा असार १० भित्र उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, […]

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले दुई विधेयक पेस गरी जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री […]

आजदेखि पूर्वगभर्नर अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा

काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा आउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै साविककै आकारप्रकार र रङ भएको तर तत्कालीन गभर्नर अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याइएको जनाएको हो । नोटमा ०००००९ देखि ५ ९९९९९९ सम्म संकेत नम्बर रहेकोमा अग्रभागमा बायाँतर्फ सगरमाथाको […]