साताको शेयर : लगानीकर्ताले कमाए २४ अर्ब बढी

काठमाडौं । गत साता राताम्मे बनेको शेयर बजार यो साता भने लगानीकर्तालाई आशाको संकेत दिएको छ । बजेट सार्वजनिक भए पछिको पहिलो साता नकारात्मक रहेको शेयर बजार दोस्रो साता भने सकारात्मक देख्न सकिन्छ । यो साता पाँच कारोबार दिन मध्ये तीन दिन शेयर बजार बढ्दा बाँकी दिन घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले […]

सानिमा रिलायन्स लाइफको २ लाख ४९ हजार संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहमा रहने गरी २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ। यसअघि फागुन १ गते र वैशाख ७ गते दुई चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिई विक्री खुला गरिए पनि वितरण हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थालाई समेत यी शेयर खरीद गर्न […]

निफ्राको ६ प्रतिशत ब्याजदरको ग्रिन बण्ड बाँडफाँट सम्पन्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत -२०८८/८९’ को बाँडफाँड सम्पन्न भएको छ। यो ऋणपत्र जेठ २५ देखि २८ गतेसम्म बिक्रीमा ल्याइएको थियो। कम्पनीले जेठ १८ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको […]

कर तिर्न अटेर गरेपछि मण्डनदेउपुरका चार उद्योगमा ताला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द गरिएको छ। पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ। नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा […]

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी। बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ । कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए […]

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

डोल्पा । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । […]

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

ढोरपाटन -बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ। पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन्। यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन्। कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन्। नेपाल प्रदेश […]

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष दाहाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे। अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले […]

आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह

हङकङ । नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ। बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ-२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्। वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको […]

भारतबाट नेपाल ल्याउँदै गरेको ३९ लाख बढीको सामान बरामद

काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रूपमा साइकलमा राखेर नेपालतर्फ ल्याइँदै गरेको ‘एयरपड प्रो’ र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो। सामान ल्याउने व्यक्ति फरार छन्। […]