नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्न महासंघ र क्याम्फेबाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन (क्याम्फेबा) का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा […]

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण

काठमाडौं । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २९ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम वडा नम्बर ३ […]

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा  छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिसिटि हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त हुने भएको छ भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा […]

आज पनि घट्यो शेयर बजार, नेप्से ९ अंकले घट्दो साढे २ अर्ब बढीले बढ्यो कारोबार

काठमाडौं ।साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । पछिल्लो दुई दिन बढेको शेयर बजार बुधबार र बिहीबार घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९९ अंकले घटेर ४५४.०९ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट […]

विद्यार्थीलाई कपाल काट्ने तालिम 

म्याग्दी । यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरुको रुचीअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दिपक श्रेष्ठले बताए । “विद्यार्थीहरुको माग […]

२० अर्ब ४० करोड गायब भएको कुरा झूटो हो : नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरुको खण्डन गरेको छ। बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो। ‘यस बैंकबाट आव २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झूटो र […]

एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी […]

गभर्नर पौडेलद्धारा तीन सदस्यीय बैकिङ क्षेत्र सुधार सुझाव समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै तीन सदस्यीय, एक अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाको समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो । राष्ट्र बैंककै पूर्व कर्मचारीसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा बैंकर भुवन […]

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताए । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताए । “नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक […]

४७ व्यापारीविरुद्ध मुद्दा दायर

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले दुई वर्षको अवधिमा ४७ जना व्यवसायीविरुद्ध  मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट […]