अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर […]

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का […]

कुलमान बर्खास्तीबारे माओवादी बोल्यो, आयोग गठनको सहमतिसँग जोडेर दुष्प्रचार गरियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कडा आपत्ति जनाएको छ। पार्टीले सरकारको उक्त निर्णयलाई बदनियतपूर्ण र आपत्तिजनक भएको बताउँदै यसको घोर विरोध गरेको छ। माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा बिचौलिया र दलालहरूको स्वार्थअनुसार घिसिङलाई हटाइएको आरोप लगाउँदै भनिएको छ, “यो निर्णय इमानदार र सक्षम प्रशासकहरूलाई मानसिक […]

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य […]

अब वीर अस्पतालमा महिलाको निःशुल्क परीक्षण हुने

काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड

काठमाडौं । नेपालले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । यस्तै उनीहरुले कृषि क्षेत्रको बजेट ज्यादै न्युन रहेको उल्लेख आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न दिन समेत आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ तथा स्वीस कन्ट्रयाक्ट/कासा कार्यक्रम तथा कृषि उद्यम […]

भारतीय मालवाहक साधनको प्रभाव रोक्न उद्योग मन्त्रीसँग नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी नेपालका उद्योग तथा व्यापार प्रवर्द्धनका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। उक्त भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले स्वदेशी मालवाहक व्यवसायमा प्रतिकूल असर परिरहेको औंल्याउँदै सरकारले उद्योग व्यवसायलाई सहयोगी दृष्टिकोणले नहेरेको गुनासो व्यक्त […]

माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको अनुमति प्रदान गरेको छ। सोमबार बसेको सेबोनको बोर्ड बैठकले उक्त स्वीकृति प्रदान गरेको हो। सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ), हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री र वितरण प्रक्रियाको व्यवस्थापन गर्न सक्नेछ। साथै, शेयर […]

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानका विजेता

काठमाडौं । भिसाले सञ्चालन गरेको ”दशैं क्याम्पियन २०२४” अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ […]

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकको अन्डरराइटिङ सीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको अन्डरराटिङ सीमा बढाएको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ)को अधिकतम सीमा बढाउने निर्णय गरेको प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। ‘हाल मर्चेन्ट बैंकले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकमबराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था छ’, घिमिरेले भने, […]