बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई […]

रोयल इनफिल्डको मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए […]

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको […]

बीमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

कास्की । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन् । न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो । आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो […]

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा […]

२०२५-३५ लाई आन्तरिक रोजगार प्रवद्धन दशक घोषणा

काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवद्धन दशक घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायले एक कार्यक्रम गर्दै २०२५–०३५ लाइै आन्तरिक रोजगार प्रवद्धन दशक घोषणा गरेको हो । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशिलतामा जोड दिनुपर्ने बताएका छन् । […]

बोल्न नसक्ने वृद्धालाई नागरिकता

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गरेकी छन् । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गरे । वडाध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यअनुरूप राईलाई नागरिकता […]

सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिक बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५% औषधी छुट, १०% प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५०% सम्म आकर्षक छुट […]

एनएसएलको सी–श्रेणी खेलाडीहरुको ड्राफ्ट घोषणा

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी-श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ, जसले गर्दा आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ। सी-श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए, जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्ट अघि एक खेलाडीलाई कायम […]

सुन बढ्यो, चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । सोमबार छापावाल सुन प्रति तोला १०० रुपैयाँले बढेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो । चाँदीको मूल्य […]