सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिका सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको छ । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार बुटवलमा गरिएको कार्यक्रममा सडक बत्तीको बक्यौता […]

पाल्पा डढेलो : चार सामुदायिक वनमा क्षति

तानसेन । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका […]

नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ। कम्पनीको गत माघ २८ गते बसेको २५ औं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरू (समूह ख) को निर्वाचन स्थगन गरी बाँकी अन्य प्रस्तावहरू पारित गरेको थियो। सोही स्थगित निर्वाचनको बाँकी प्रक्रिया चैत २ […]

उपसचिवमा बढुवा भएका ३९ पदस्थापन, ५३ सरुवा

काठमाडौं । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो। यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।  

बलेफी हाइड्रोको १ करोड ६५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै छ । संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरिएको उक्त शेयरको लकइन अवधि चैत २९ गते देखि लकइन अवधि समाप्त हुन लागेको हो । संस्थाले १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक शेयर, १८ […]

स्वरोजगार लघुवित्तले ६७ करोड बढी लाभांश वितरण गर्ने

काठमाडौं ।स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६७ करोड ११ लाख ४ हजार ९९३ बराबरको लाभांश वितरण गर्ने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २८३ औं बैठकको निर्णय अनुसार उक्त निर्णय गरेको हो । हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशतले हुने रकम ९ करोड ३२ लाख ४२ हजार […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडाैं | मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक झण्डै दुई घण्टा ढिला गरेर शुरू भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि सोमबार नियमित बैठक बसेको थिएन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार […]

ह्वावेको नेक्स्ट जेनेरेसनको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ‘सिंगल साइटपावर’ र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको अनावरण गरेका छन् । जसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आईसीटी सुविधाहरू निर्माण गर्न मद्दत गर्दछ । […]

क्याम्ब्रिज शिक्षार्थी पुरस्कारमा नेपाली विद्यार्थीहरुको उत्कृष्ट परिणाम

काठमाडौं । नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम हासिल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालय प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) र ब्रिटिश काउन्सिलको अन्तर्राष्ट्रिय शिक्षा समूहले नेपालमा उत्कृष्ट केम्ब्रिज सीख्नेलाई पुरस्कारको विजेताहरूसँग खुसीको घोषणा गर्दैछ। यी पुरस्कारले नेपालका माध्यमिक विद्यालयका छात्रहरूको अत्युत्तम शैक्षिक उपलब्धिहरूलाई मनाएको छ, जुन नोभेम्बर २०२३ […]

सेन्साईका नयाँ मोडलका कुलरहरु नेपाली बजारमा

काठमाडौं । ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । यी […]