कुलमानलाई वर्खास्त गर्नुमा पदीय जिम्मेवारी पुरा नगरेको सहित सार्वजनिक गर्यो १० कारण

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो । ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ । मन्त्रालयले […]

कुलमानलाई वर्खास्त गरेको भन्दै संसदमा अवरोध

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए । […]

खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि प्रो एक्टिभ भएर लाग्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ […]

बैङ्किङ कसुरको आरोपमा काभ्रे जिसस प्रमुख गौतम पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्धारा शपथग्रहण, प्राधिकरणलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएका छन् । उनलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराएका हुन् । शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१)बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी […]

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता […]

नेपाल टेलिकमले गर्यो कालिकोटको मान्मदेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

काठमाडौं । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय ५० […]

आज तिस अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा  अधिक तरलता भए पछि राष्ट्र बैंकले आज चैत १३ गते ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन […]

नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत्र १० गतेदेखि नै लागू हुने […]