फेसबुकमा बैंक म्यानेजरको नक्कली परिचय बनाई लाखौं ठगी
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्दै आएका एक व्यक्तिलाई भारतको भिमनगरबाट पक्राउ गरिएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–१ निवासी कुशेश्वर मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामको फेक आइडी बनाएर करोडौंको सम्पत्ति नक्कली तरिकाले स्थानान्तरण गरिदिने बहानामा ठगी गर्दै आएका थिए। प्रहरीका अनुसार मेहताले आफूलाई थाइल्याण्डको एक विदेशी बैंकको म्यानेजर भएको भन्दै नेपाली नागरिक कुर्मराज शाहीलाई सम्पर्क […]

