RE
Global College

दीपल एस ०५ नेपाली बजारमा यस्ता छन् बिशेषता

काठमाडौं । चांगनको दीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ । चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले नेपाली बजारमा दिपल एस ०५ का दुई भेरियन्टहरु नेपाली बजारमा ल्याएको हो ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले दीपल एस ०५  एक समारोहका बीच गाडी सार्वजनिक गरेका हुन्।

दीपल एस ०५ मा ५६.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४७० किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीले बताएको छ । दीपल एस ०५ मा ९९ किलोवाटको मोटर  रहेको छ भने यसले ३२० एनएम टर्क दिन्छ । ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ ।

गाडीको मूल्य लाइट भेरियन्ट ४८.९९ लाख र म्याक्स भेरियन्ट ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको छ ।

NECO

Leave Your Comment

Related News