बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे […]

निरन्तर ८ दिन बढ्यो शेयर बजार, २८ सय माथि नेप्से सबै सूचक सकारात्मक

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ९.७५ अंकले बढेर ४६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.६७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ३.५३ […]

कुलमानको २४ घण्टे स्पष्टीकरण : आफूलाई पदबाट हटाउने अधिकार उर्जा मन्त्री र मन्त्रालयलाई छैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन्। ‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत […]

गलेश्वरमा मन्दिरमा ५१ लाख भेटी सङ्कलन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले […]

स्टार्ट अप उद्यम सफलतातर्फ, साँवा र ब्याज फिर्ता गर्दै उद्यमीहरु

काठमाडौं । नविनतम ज्ञान र सीप सहित सञ्चालन गरिएको स्टार्ट अप उद्यम सफल हुदै गएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार स्टार्ट अप उद्यम गरी सफल भएका उद्यमीहरुले साँवा र ब्याज समेत भुक्तानी गर्न थालेको बताइएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताका अनुसार स्टार्ट अप उद्यमीले उद्यम गर्नका लागि लिएको कर्जावापत् […]

नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै १०८१ फागुन १५ गतेबाट २०८२ साउन १३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको जानकारी दिएको हो। बीमितले भुक्तानी गर्नुपर्ने मितिले १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा उक्त छुट प्रदान गर्ने […]

विदेशी नागरिकले मलद्वारमा लुकाएर ल्याए झण्डै ४ किलो सुन, विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो । विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० […]

नेष्डो लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्ने

काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले साधारण सभा आगामी चैत १० गते कुश्मा पर्वत स्थित रोयल कुश्मा रिसोर्टमा गर्न लागेको हो । संस्थाले सभामा गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने आउने रकम बराबरको १९ लाख १२ हजार ५०० नगद लाभांश वितरण गर्ने […]

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले वृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका […]