सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आइतबारको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए  । राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । सांसदहरू रणेन्द्र बराइली, […]

प्रोगेशिभ फाइनान्सको वार्षिक साधारण सभा पुस २९ मा, लाभांश वितरण नगर्ने प्रस्ताव

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसको कम्पनीको ५३३ औं सञ्चालक समितिको बैठकले २७ औं तथा २८ औं वार्षिक साधारण सभा पुस २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित ज्यापू प्रज्ञभवन, भोलगणेशमा गर्न लागेको हो । सभामा वार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी […]

कालिका पावर कम्पनीले ७ प्रतिशत लाभांश प्रस्ताव साधारण सभामा पेश गर्दै

काठमाडौं ।कालिका पावर कम्पनी लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसेको सञ्चालक समितिको निर्णय अनुरुप कम्पनीको आगामी सत्रौं वार्षिक साधारण सभा पुस २९ गते भरतपुर महानगरपालिका वडा नम्बर १०, चितवनस्थित दियोलो फुडल्याड चितवन प्रा.लिमा बस्ने भएको हो । सभा बिहान ११ बजे बस्ने बताइएको छ । बैठकले आर्थिक […]

सुनको मूल्य आज पनि बढ्यो, चाँदीको पनि बढ्यो

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँ बढेको हो। गतसाता सुनको मूल्य लगातार घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य १ लाख ४९ […]

सम्पत्ति शुद्धीकरण विभागलाई कमजोर बनाउने , नयाँ स्टकलाई लाइसेन्स दिने मन्त्रिपरिषद्को तयारी

काठमाडौं । सरकारले  सम्पत्ति शुद्धीकरण विभागको अधिकार क्षेत्रलाई खुम्चाएको छ । मन्त्रिपरिषद्ले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेन्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् […]

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ । उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव […]

हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य […]

हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा हुँदै, एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ । सभाले अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न शेयर प्रिमियमसहित ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओ जारी गरिने बैंकले जनाएको […]

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।  चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा […]

ग्लोवल इक्विटी फण्डको वार्षिक साधारण सभा हुँदै

काठमाडौं । ग्लोवल इक्विटी फण्ड लिमिटेडको छैठौं वार्षिक साधारण सभा २०८१ साल पौष २८ गते सानेपा, ललितपुर बिहानको १०:०० बजे बस्ने भएको छ । साधारण सभामा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र मिति २०८० /०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाव तथा […]