मनसुनजन्य विपद् बाट हालसम्म ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र […]

सेनाद्वारा उद्धार जारी

इलाम। इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ। अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्‍याइएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष […]

जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी दाबीको […]

भीमफेदी-कुलेखानी-फाखेल र त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा  । अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौं जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि पुनः सञ्चालनमा आएका छन् भने केही सडक अझै पनि अवरुद्ध छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ। तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ अझै अवरुद्ध नै रहेको […]

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा, छैन अवरोध

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द […]

प्रधानमन्त्री कार्कीले बोलाइन् विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । उनले बैठकले […]

कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय

काठमाडौं ।कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार […]

सुनको मूल्यले बनायो किर्तिमानी रेकर्ड

काठमाडौं । आज सोमबार पनि सुनको मूल्यले ऐतिहासिक उचाईमा कायम गरेको छ । आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ । आज प्रति […]

देशभरका १९ सडक अझै पुर्णरुपमा अबरुद्द

काठमाडौं । गत असोज २३ र २४ गतर आएको वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध रहेका छन् । भने एउटा सडक एकतर्फि रुपमा सञ्चालनमा आएको छ । केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।  संखुवासभास्थित कोसी राजमार्गको भोटखोला-४ बरुणखोला र संखुवासभाकै मकालु-४ एकुवामा आज सडक […]

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

काठमाडौं । अविरल वर्षा राकिएसँगै  सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा […]