मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन पनि स्थगित
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचन स्थगित गरेको छ । आयोगले उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको जानकारी गराएको हो । आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग […]

