अजिरकोटमा स्याउ खेतीको सफल परीक्षण
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा परीक्षणस्वरूप गरिएको स्याउखेती सफल भएको छ। अजिरकोट गाउँपालिका–२ अन्तर्गत मूलखर्क र नब्लुस्थित दुई वटा फार्ममा तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका स्याउका बिरुवाले यस वर्षदेखि राम्रो उत्पादन दिन थालेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रमअन्तर्गत समुद्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ […]

