नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका […]

नेपाली सेनामा ठुलो मात्रामा रोजगारीको अबसर

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न लागिएको जनाएको हो। प्राविधिक/हवाई/ विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि […]

रेमिट हाइड्रोको साधारणसभा पुस १८ गते

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडको साधारणसभा पुस १८ गतेका लागि आह्वान गरिएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चाल समितिका बैठकले ११ औँ साधारणसभा पुस १८ गतेका लागि गर्ने निर्णय गरेको हो । उक्त सभा नयाँ बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउसो ३ बजेदेखि सुरु हुने छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, […]

एमालेको महाधिबेशनको लागि नागढुङ्गा-मलेखु सडक खण्ड २ दिन पुर्ण सञ्चालन हुने

काठमाडौं । नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको यो सडक एमाले महाधिवेशनको उद्घाटन सत्रमा सगभागी हुन आउने सहभागिलाई सहज गराउन खुला गरिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले मंसिर २४ बाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका […]

नेकपा एमालेको महाधिबेशन उद्घाटनको मञ्चमा विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा स?थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माण भइरहेको छ । भोलि २७ मङ्सिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ  । देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका […]

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति […]

सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

काठमाडौं । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले […]

अन्तराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नु पर्छ – उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरुमा स्थानीय सरकार र सहरहरुलाई साक्षी प्रतिनिधिका रुपमा नभइ निर्णायक भूमिका सहित सार्थक सहभागितात्मक प्रतिनिधित्व गराउनु पर्ने बताएकी छन् । मंसिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म वेल्जियमको व्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजना गरिएको अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च […]

नेशलन लाइफले बीमितलाई ६० देखि ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता २८० रुपैयाँ 

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ । यसमा हाल कायम संस्थाका संस्थापक सेयरधनी व्यक्ति÷संस्थाले निवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र […]