नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, रोकिए भुर्तेलको ९२ रन

काठमाडौं । अमेरिका विरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो  । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ९२ रन बनाएका थिए। नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित […]

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र लांभास पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ । भोलि बुक क्लोज हुने भएकाले  आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश र सभामा सहभागी हुन पाउनेछन् । कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा कात्तिक १४ […]

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

काठमाडौं । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा […]

रबि लामिछानेलाई अदालत लगिदै

काठमाडौं । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार  पक्राउ परेका उनलाई सोही दिन राति पोखरा ल्याएको थियो । उनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र […]

ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आबश्यक नपर्ने ट्राफिक जरिवाना पनि तत्कालै तिर्न सकिने

काठमाडौं । सरकारले  सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । अबका दिनमा सबारी चालक अनुमतिको लागि ट्रायल पास गरेरपछि नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध ब्याबस्था सरकारले गरेको हो ।  सवारी चालकले सवारी नियम उल्लंघन गरेमा  ट्राफिक प्रहरीले गर्ने जरिवानाको लागि चिट काट्दा सम्बन्धित […]

यस्तो छ आजको बिदेसी मुद्राको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ […]

पुर्णतया मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।  देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, […]

इन्टरनेट र स्मार्टफोन बिना भुक्तानी सेवा सञ्चालन गर्ने उद्देश्यमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्टरनेट र स्मार्टफोन बिना भुक्तानी सेवा सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल राष्ट्र बैंकको ‘चौथो रणनीतिक योजना २०२२ देखि २०२६’ मा उक्त सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको हो । जसलाई ‘अफलाइन’ भुक्तानी प्रणाली समेत भनिने उक्त सेवा सञ्चालनको उद्देश्य सहितको अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) अध्ययन प्रतिवेदन राष्ट्र बैंकले […]

साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो

काठमाडौं । तीन दिन खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँले घटेको छ । यो साता तीन दिन मात्र खुलेको शेयर बजारमा कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो […]

सुक्खाबन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक […]