भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ […]

१५ अंकले घट्यो शेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । बिहीबार शेयर बजारको सम्पूर्ण सुचकहरु घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३०७ वटा कम्पनीको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर कारोबार […]

बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले ४ अर्ब बढी लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब बढी पैसा बजारमा पठाउने भएको छ। बैंकले कर्मचारी सुरक्षण कोष र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपमा राख्ने भएको हो। बिहीबार लगानीसम्बन्धी सूचना जारी गर्दै बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप लिनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन भनेको हो। राष्ट्र बैंकले […]

उद्योग मन्त्री भण्डारी र भारतीय मन्त्री जोशीबीच छलफल

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआईएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी […]

प्रधानमन्त्री ओली चार दिने चीन भ्रमण पुरा गरी स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत आइतबार […]

एनपीएल: जनकपुर बोल्ट्सको तेस्रो जित, पोखराको दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि […]

‘ठमेलमा पर्यटक बढे, व्यापार बढेन’

काठमाडौँ । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज/मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए […]

माथिल्लो मैलुङखोलाको वार्षिक साधारण सभा पुस २५ मा हुने

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आफनो एघारौं वार्षिक साधारण सभा पुस २५ गते बिहीबार गर्ने भएको छ । एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेप्से पुस ११ गते सम्म कारोबार भई शेयर खरिद गरी आफनो नाममा शेयर […]

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले अब बस्ने साधारण सभामा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराउने भएको छ । बुधबार अपरान्ह ४ बजे लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ , काभ्रलेपलञ्चोकमा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगरी सोहि बमोजिम वित्तीय […]

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, […]