टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर वषौँ […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले कर प्रयोजनका लागि समेत हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित […]

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड […]

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

बागलुङ । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना बस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरू दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरी रहेका छन् […]

कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयर मूल्य समायोजन 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कामना सेवाको १० प्रतिशत र यूनिभर्सल […]

आजको मौसम : मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुका कारण ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना […]

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त […]

यस्तो छ बुधबारको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ […]

‘३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नैपर्ने’ : अनुदान रोक्का गर्ने मन्त्री पुनकाे चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज मन्त्रालयमै काम अघि बढाउन तीन स्पष्ट र तत्काल लागु हुने कदम घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ती निर्देशनलाई विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामाथि प्रत्यक्ष असर पार्ने नीतिगत पहलको रूपमा हेरिएको छ। विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य मन्त्री पुनका अनुसार नेपालका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर […]

छ घण्टामै १६६ उजुरी, दुई दर्जनलाई तत्काल जवाफ : प्रभावकारी बन्दै मन्त्री खनालको ‘गुनासो मेलबक्स’

काठमाडौं । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा १६६ वटा उजुरी र समस्या आएका छन्। मन्त्री खनालका अनुसार तीमध्ये करिब दुई दर्जन इमेलको जवाफ तत्काल […]