RE
Global College

काठमाडौँ-५ बाट एमाले उम्मेदवारमा ईश्वर पोखरेल मात्र सिफारिस

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको छ।

काठमाडौँ-५ पोखरेलले नियमित निर्वाचन लड्ने उनको गृहक्षेत्र हो। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।

NECO

Leave Your Comment

Related News