मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया(नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा […]

नाडा अटो शो २०२५ को स्टल एलोकेसन, ७५ कम्पनीको सहभागिता रहने

काठमाडौं । नाडा अटो शो २०२५ का लागि आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल एलोकेसनसम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी रुपमा रहेको छ […]

समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम समयमै काम नसक्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । निर्माण व्यवसायी आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न नपर्ने आभार प्रमाण भए सूचना प्राप्त भएको २० दिनभित्र कार्यालयमा सिमित स्पष्टीकरण पेश गर्न सूचना पठाइएकोमा तिनले हालसम्म स्पष्टीकरण पेस नगरेका हुन् । स्पष्टीकरण पेस […]

कालिमाटीमा आजका लागि यस्तो छ तरकारी, फलफूल र माछाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु […]

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न तीन जना संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि दिएको आवेदनअनुसार कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । संस्थापक शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।  कम्पनीले हाललाई […]

नेपाल इन्स्योरेन्सको हकप्रदमा साउन ६ देखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री वितरण गर्ने भएको छ । कम्पनीले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रीका लागि अनुमति पाएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड रुपैयाँको १०:५:४७८ को अनुपातमा विद्यमान १० कित्ता शेयर बराबर नयाँ ५.४८ कित्ता शेयर […]

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) निष्काशनका लागि अनुमति पाएको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने वित्तीय औजारलाई ऋणपत्र भनिन्छ । […]

पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद […]

स्पेन भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेको थियो । […]

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर साधारण बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]