वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी साधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड सङ्कलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ […]

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी […]

तीनदलका शीर्ष नेतृत्वसँग बैठक गर्दै प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री  सुशीला कार्कीले आफ्नै पहल र प्रयत्नमा पहिलाे पटक फागुन २१मा चुनावकाे वातावरण निर्माण गर्ने भनेर शीर्ष नेतासँग छलफल गर्न लागेकी छन्  । उनले आज दिँउसाे ३बजे शिर्ष नेता नेपाली कांग्रेसका सभापति शेरवहादु।देउवा,नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्प कमल दाहालसँग छदफल गर्न लागेकाे उनका प्रेस संयाेकले बताएका छन् भदाै […]

सिराहा र धनुषा जोड्ने कमला पुलकाे काम तिव्र गतिमा ,चैतभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं ।  ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट काम भइरहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी  निर्माण […]

सिंहदरबार जलाउने र जलाउदा उत्सव मनाउने लाेकतान्त्रिक प्रतिष्पर्धालाइ स्विकार गर्नु सकारात्मक -प्रदीप ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता  प्रदीप ज्ञवालीले विचार मिल्नेहरूकाे एकता हुनु  सकारात्मक  भएकाे बताएका छन्। उनले अहिले चर्चामा रहेकाे बालेन,रवि कुलमान लगायतका शक्तिहरूकाे एकता प्रक्रियालाइ इङ्गित गर्दै उनले यस्ताे बताएका हुन्  । ऊनले याे एकता बिचार कि स्वार्थकाे एकता  समयले बताउने बताउदै सिहदरबार जलाउने र सिहंदरवार  जलाउदा उत्सव मनाउनेहरू लाेकतान्त्रिक प्रतिष्पर्धालाई स्विकार […]

सातामा १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, बजार पुँजीकरणमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट 

काठमाडौं । यो साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१२ प्रतिशत अर्थात २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा झरेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार […]

हप्तादिनमै बढ्यो सुनको मूल्य १० हजार ९०० रुपैयाँले 

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान कायम गरेर उच्च दरमा मूल्य बढेको छ । यो साता नेपाली बजारमा सुनको मूल्य १० हजार ९०० रुपैयाँले बढेको हो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ रहेको थियो भने पुस ११ गते शुक्रबार सुनको मूल्य २ लाख ६९ […]

रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो । शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख […]

नेपाल बीमक संघको साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ  । सभा काठमाडौंको होटल र्‍याडिसन, लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले स्वागत मन्तव्यसहित आर्थिक […]

राजनीतिमा नयाँ र पुराना हैन,एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरेका छन्। आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको […]