प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौं ।  प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

इरानी सुरक्षा प्रमुख लारिजानीकोको मृत्यु भएको तेहरानद्वारा पुष्टि

तेहरान। इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन । इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त […]

डोलेश्वर भिलेजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो । कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन […]

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ । बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको […]

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ। आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो। जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब […]

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

सङ्खुवासभा । मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो । प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बनेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौं […]

प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । समानुपातिक […]

निजी क्षेत्रको साझा संस्था भएकाले महासंघको नेतृत्व सहमतिमै चयन हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व […]

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

काठमाडौं । अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब १५० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अस्ट्रियन सांस्कृतिक फोरम र अस्ट्रियन दूतावास नयाँ दिल्लीले भारत, बंगलादेश, भुटान, नेपाल र […]

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गरेका छन् । सो अवसरमा नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारी […]