राष्ट्रपतिले संविधान दिवस मनाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् । राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् । सरकारले पनि संविधान दिवस मनाउँदै […]

जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार

झापा । अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो । पौरखी र मिलनसार स्वभावका उनी […]

झलनाथ खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आईसीयू) मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ। घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा कीरण नकर्मीले […]

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन

खोटाङ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका ३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो । जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख […]

गाजा शहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

कोलम्बो, १ असोज । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार गाजा शहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् । उक्त कार्यालयले जनाएअनुसार, अगस्त महिनाको मध्यदेखि हालसम्म करिब १ लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद, पैदलै […]

 संविधान दिवस सामान्य रूपमा मनाइने

काठमाडौं । सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन-जी आन्दोलनका क्रममा धेरै युवाहरूले बलिदानी दिएको र धेरै घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने भएकाले सरकारले सामान्य रूपमा मनाउने तयारी गरेको बताए । मंगलबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा पनि गृहमन्त्री अर्यालले यस्तै निर्देशन दिएका थिए । […]

पदमा बस्नु अनुचित समय भन्दै बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएसँगै गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गरेका छन् । ‘नेपालको संविधान र प्रदेश सभा […]

जेनजी प्रदर्शन : कालिका नगरपालिका नगर प्रमुख दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बचेँ

चितवन । जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँटोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा दुःख व्यक्त गरिएको […]

दुई महिनामा सरकारको बजेट खर्च  १ खर्ब ८० अर्ब १७ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब […]

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ७३ खर्ब ३ अर्ब बढी, वाणिज्य बैंकमा मात्रै ६५ खर्ब ४१ अर्ब बढी निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको थोरै रकम बजारमा आउनु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बढ्दै गएको देखिन्छ । ऋण दिन मिल्ने रकम […]