कालिमाटीमा यस्तो छ आजका लागि तरकारी, फलफूल र माछाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४१, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, […]

ट्रेड टावरको आईपीओ बाँडफाँट हुँदै, साढे १८ लाखको हात खालि हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड हुँदैछ । कम्पनीले जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा २१ लाख ६९ हजार ३९१ आवेदकले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यो […]

आज सातै प्रदेशले ल्याउँदै नयाँ बजेट, अन्यले आकार नबढ्नेगरी तयारी थाल्दा बागमतीले बढाउँदै

काठमाडौं । आज सातवटै प्रदेशले नयाँ बजेट ल्याउँदैछन् । असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक गर्न लागेका हुन् । यस आवमा बागमती प्रदेशबाहेक अन्य अधिकांश प्रदेशले बजेटको आकार नबढाउने तयारी गरेका छन् । प्राय: सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई […]

रापती हाइड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । रापती हाइड्रो एण्ड जनरल लिमिटेडले आजदेखि आवेदन दिन सकिने छ । एक कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरअन्तर्गत शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेकोमा कार्यालय समय शुरु भएपछि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर रु. १०० अंकित दरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो । सर्वसाधारण […]

बंगलादेशमा विद्युत् निर्यात सुरु, पाँच महिनासम्म दैनिक ४० मेगावाट बेचिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको छ । प्राधिकरणले शनिबार रातिदेखि विद्युत् निर्यात सुरु गरेको हो । आजदेखि पाँच महिनासम्म दैनिक ४० मेगावाट बिजुली भारतीय बाटो हुँदै बंगलादेशमा बिक्री हुनेछ । नेपाल, भारत र बंगलादेशबिच २०८१ असोजमा बंगलादेशमा विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौता भएको थियो । त्रिपक्षीय सम्झौतापछि कात्तिक ३० […]

आज कुन मुद्राको विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । यसदिन सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ४४ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५८ रुपैँया ०३ पैसा […]

बैंक तथा वित्तीय संस्थामा थुप्रियो गैरबैंकिङ सम्पत्ति, ४५ अर्ब गैरबैंकिङ सम्पत्ति पुग्दा समस्यामा परे ऋणी

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

असारको लागि सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौं ।वाणिज्य बैंकहरुले असारका लागि मुद्दति निक्षेपको ब्याजदार सामान्य घटाएका छन् । वाणिज्य बैंकहरुले असारका लागि मुद्दति निक्षेपका लागि औसत ५.९०२ प्रतिशत ब्याजदर कायम गरेका छन् । जेठका लागि मुद्दति निक्षेपका लागि ५.९५२ प्रतिशत ब्याजदर कायम गरेको थियो । यो सँगै औसतमा मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले जेठको तुलनामा असारका लागि ०.०५ प्रतिशतले ब्याजदरमा कमी […]

पश्चिम सर्दै मनसुन, काठमाडौँसहित पूर्वी जिल्लाहरुमा वर्षा

काठमाडौं । जेठ १५ देखि २८ गतेसम्म कोशीमै अड्किएको मनसुन विस्तारै पश्चिमतर्फ सरेको छ । हाल काठमाडौँसहित गण्डकीका केही जिल्ला र पूर्वी जिल्लाहरुमा पानी परिरहेको छ । आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको […]

छ वटा कम्पनीको  लकइन अवधि असारमा सकिंदै

काठमाडौं । एकैपटक छ वटा कम्पनीको शेयरको ‘लकइन अवधि’ आउँदो असार महीनामा सकिंदैछ। कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रथम चरण र दोस्रो चरणमा गरी आईपीओ निष्कासन गर्छन्। हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली सहित उत्पादनजन्य कम्पनी भए त्यसको आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई पनि प्राथमिकतामा राखेर प्रथम चरणमा आईपीओ […]