मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । […]

वर्षात लागेसँगै तरकारीको मूल्य बढ्यो, आजको भाउ यस्तो

काठमाडौं ।वर्षात लागेसँगै तरकारीको भाउ बढ्दो क्रममा देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबारको तुलनामा बिहीबार अधिकांश तरकारीको मूल्य बढेको छ। बुधबार औसत ८६.६७ रुपैयाँ प्रति किलोमा उपलब्ध स्थानीय काउली (ज्यापु) आज ११५ रुपैयाँ पुगेको छ भने काउली स्थानीयको मूल्य पनि ३० रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ। यस्तै लाकाको भाउ प्रति किलो ३९ […]

आज यी स्थानमा भारीदेखि मध्यम वर्षा

काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, […]

करिब ५२ अर्ब तलव बुझे बैंक तथा वित्तीय संस्थाका कर्मचारीले

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनका लागि झण्डै ८६ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले तलब र कार्यालय व्यवस्थापनमा ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि […]

२७ खर्ब ५ अर्ब तरलता व्यवस्थापन

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय २७ खर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन (व्यवस्थापन) गरेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले २७ खर्ब ५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।राष्ट्र बैंकद्धारा […]

साढे २ खर्ब कर्जा र निक्षेप परिचालन ५ खर्ब रह्यो बैंक तथा वित्तीय संस्थाको

काठमाडौं । राष्ट्र बैंकले साढे २ खर्ब नजिक बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षु सोहि अवधिको […]

पेट्रोलियम पदार्थ र सुनको मूल्य बढ्यो

काठमाडौं । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा २०८० जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७५.७५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८१ जेठ मसान्तमा ७६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८१.४९ पुगेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै कच्चा पेट्रोलियम एवम् […]

साढे २ खर्ब पुग्यो चालु खाता बचत

काठमाडौं । राष्ट्र बैंकले चालु खाता करिब साढे २ खर्ब रुपैयाँ बचतमा रहेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै चालु खाता २ खर्ब अर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । […]

मूल्यवृद्धि घट्यो सबैभन्दा कम तराईमा

काठमाडौं । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मूल्य वृद्धि घटेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर […]

झण्डै साढे १३ खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब १३ खर्ब रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो […]