बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो । प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० […]

डोङफेङ मोटरद्वारा पहिलो EMB मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (EMB) मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण हालै सफलतापूर्वक सम्पन्न गरेको छ। डोङफेङको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादन स्तरका मापदण्डहरू पूरा गर्न सक्षम रहेको पुष्टि गरेको छ, जसले यस प्रविधिलाई उद्योगकै अग्रणी स्तरमा राखेको […]

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिमा को को ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा […]

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको हाे। उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो । अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर निर्वाचित

काठमाडौं । संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनमा उनले २२९  मत ल्याएर विजयी भएकी हुन् । राप्रपाकी सरस्वती लामाले ५ मत पाइन भने २२ मत तटस्थ रहयो । ठाकुर २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन […]

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामाबाद । अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ । वार्ताकारहरूको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले रणनीतिक महत्त्व बोकेको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति उल्लङ्घन गरेको […]

वाणिज्य बैंकको ‘गैर-बैंकिङ सम्पत्ति’ ४३ अर्ब ४७ करोड: हिमालयन बैंक सबैभन्दा अगाडि

काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंकहरुमा परेको छ । फलस्वरुप वाणिज्य बैंकहरुको गैर बकिङ सम्पत्ती आर्थिक वर्ष २०८२\८३ को ८ महिनसम्मा ४३ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्ममा गैर बैकिङ सम्पत्ती ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ। २० वाणिज्य बैंकमेध्य १९ बैंकसंग मात्र उक्त […]

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएकाे थियाे । पछि अदालतले उनीहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय खारेज गर्न आदेश दिएको थियो । त्यसपछि रुपाखेतीले परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका थिए […]

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं । काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको  सहभागितामा छलफल कार्यक्रम गरेको छ । प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका  चुनौतीबारे गहन छलफल भएको थियो । त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी […]

“हामीसँग प्रविधि, अनुभव र पूँजी छ- नेपालमै प्रयोग गर्न चाहन्छौँ, अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. भट्ट

काठमाडौं । अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा गोपाल भट्टले नेपाल सरकारसँग सहकार्य गर्दै देशमै अत्याधुनिक अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने तथा वैदेशिक लगानी भित्र्याउने प्रस्ताव अघि सारेका छन् । हाल पोल्याण्डस्थित प्रतिष्ठित Jagiellonian University मा वैज्ञानिकका रूपमा कार्यरत डा. भट्टले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्र स्वच्छ आकाश र न्यून प्रकाश प्रदूषणका कारण खगोलीय अनुसन्धानका लागि उपयुक्त […]