वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ ।  अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । ‘अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक […]

आशिका तामाङ रास्वपाबाट धादिङ–१ बाट चुनाव लड्ने, टिकट ग्रहण गरिन्

काठमाडौं । आशिका तामाङ  रास्वपाबाटै चुनावी मैदानमा होमिने भएकी छिन् । उनलाई रास्वपाले धादिङ–१ बाट उम्मेदवार बनाएको छ । आज (सोमबार) रास्वपाको मुख्यालय घण्टीघरमा रास्वपाका नेता गणेश प्रसाद पराजुलीले आशिकालाई धादिङ–१ बाट टिकट दिएका हुन् ।  

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यस अफरअन्तर्गत कर सहित रु. २९९ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि […]

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

गोरखा। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ […]

विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी

कैलाली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताएका छन् । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताए । सुदूरपश्चिम प्रकृति र संस्कृति दुबैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताए । मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न […]

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने रु ६२ करोडको लगानीमा नयाँ भवन बन्न लागेको हो। सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी काठमाडौँ […]

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको […]

माधव नारायणका बर्तालु पुगे शेषनारायण, फर्पिङ (फोटोफिचर)

काठमाडौं । साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आइतबार साँझ बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् । माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । आइतबार बिहान शेषनारायण पुगेका हुन् ।   […]

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा आठ युरोपेली देशलाई १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपले त्यसको कडा आलोचना गर्दै यसले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर पार्ने र ‘खतरनाक गिरावट’ तर्फ धकेल्ने चेतावनी दिएको छ । डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ट्रम्पको कदम सार्वभौमिकता […]

बागमती सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन, मालपोत र सवारी साधन मुख्य आयस्रोत

बागमती। चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२-८३ मा  ३० अर्ब ८९ […]