नेप्सेद्वारा विन्धवासिनी हाइड्रोपावरको शेयर कारोबार स्थगन, ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगन गरेको छ। समयमा नै वित्तीय निर्णयको जानकारी नदिएको भन्दै नेप्सेले कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको हो। कम्पनीको मिति २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। […]

