दसैँका लागि ३ दिनमा १ लाख ३० हजारले लिए अग्रिम टिकट

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौंका विभिन्न नाकाहुँदै मंगलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको […]

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका हुन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई कार्यकाल अवधि सकिन लागेसँगै भट्टराई सीईओमा नियुक्त भएका हुन् । कम्पनी सचिव पियूष राज […]

हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा […]

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

काठमाडौं ।संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको सुनुवाइ स्थगित गरेको छ । म्यानपावर व्यवसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदमा अनियमिततालगायतका विषयमा प्रश्न उठेपछि समितिले सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकेको हो । बुधबारका लागि तय भएको सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत खरेलको नियुक्ति, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम […]

दसैँका अवसरमा काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा बडादसैँका अवसरमा असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभर टिपर सञ्चालन नगर्न अनुरोध गरेको हो । जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार उक्त अवधिमा टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र […]

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्। बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए । प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र […]

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड लगानी गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले छुजुङ खोला र दुधकोशी–२ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० लाख कित्ताबराबर २० करोड रुपैयाँ लगानी […]

गुर्जुधारा यातायात कार्यालयले उठायो करिब २ अर्ब ६० करोड राजस्व, बजेट खर्चमा सुधार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (गुर्जुधारा) ले आर्थिक वर्ष २०८२/८३ मा बजेट कार्यान्वयन र राजस्व सङ्कलन दुवैतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्चको दर बढ्नुका साथै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको कार्यालयको वित्तीय प्रगति विवरणले देखाएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित चालु तथा पुँजीगत दुवै […]

सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रक्रिया अघि बढ्यो , तीन कम्पनीको प्राविधिक प्रस्ताव योग्य

काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत्‌गृह तथा सम्बन्धित संरचना निर्माणका लागि तीनवटा कम्पनीको प्राविधिक प्रस्ताव सारभूत रूपमा योग्य ठहरिएका छन् । आयोजनाले ती कम्पनीको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते खोल्ने भएको छ । आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार प्राविधिक मूल्याङ्कनमा योग्य ठहरिएका कम्पनीमा चीनको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन […]

कोरला नाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्याउन सकस

काठमाडौं । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध ९बेनी–जोमसोम० सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी ९इभी० नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका […]