बीमा पोलिसी आठ महिनामा ९ अर्ब ८७ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर (त्याग्ने) को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन देखि फागुन) सम्ममा ९ अर्ब ८७ करोड ६३ लाख बराबरको ७१ हजार ५५४ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १४ वटा जीवनबीमा कम्पनीमार्फत् उक्त बीमालेख त्याग गरेका हुन् । समिक्षा अवधिमा सबैभन्दा […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले […]

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । निर्मला राज भण्डारीको नाममा रहेको उक्त शेयर खरीदका लागि इच्छुक खरीकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, […]

सेन्ट्रल फाईनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं ।सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३५० औं बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश वितरण नगर्ने व्यहोरा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ । साथै कम्पनीले आगामी साधारण सभा प्रयोजनार्थ […]

नेपाल–बंगलादेश व्यापार: आयात तीन अर्ब, निर्यात २७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट […]

आज संघीय संसद्को दुवै सदनका बैठक बस्दै

काठमाडौं । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बस्ने भएको छ । बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्नेछन्। बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् […]

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

धुलिखेल । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो । बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक […]

एसईई परीक्षार्थीहरुका लागि २० रुपैयाँमा सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई रु. २० मा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म […]

चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको […]

१३ सयले बढ्यो सुन

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका बुधबार छापावाल सुन प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ […]