पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

काठमाडौं । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा सोमबारदेखि उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । “पूर्वी दक्षिण एसियामा व्यापार र यातायात सञ्जालः चुनौतीहरू र आगामी कार्यदिशा“ शीर्षकमा आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग यूएनइस्क्याप (UNESCAP) […]

अर्थमन्त्रीसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी आउदो भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेका छन् । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले […]

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्गको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

विकास बैंकहरुको नाफा ३ अर्ब ५९ करोड, सबैभन्दा बढी नाफा कमाउने मुक्तिनाथ विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहहरुको खुद नाफा घटेको बताएको छ । राष्ट्र बैंकका अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म अर्थात १० महिनाको अवधिमा नाफा ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.९० प्रतिशत अर्थात् २६ करोड ६५ लाख रुपैयाँले कम नाफा […]

तीन दिन पछि बढ्यो शेयर बजार, करिब ३ अंकले नेप्से बढ्दा पौने २ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर ४५३.१६ विन्दुमा पुगेर बन्द भयो । साथै […]

सुनचाँदी व्यवसायीले आज पनि गरे विरोध प्रदर्शन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । उनीहरुले सुनचाँदीको कारोबारका […]

माबिलुङ इनर्जीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न असार १ गते अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ […]

सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा छौं ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्दै गर्दा नियमापत्ति जनाएका छन्। उनले बजेटमाथि छलफल हुँदै गर्दा कस्तो वातावरणमा हुनुपर्ने हो भन्ने आफूले नबुझेको बताएका हुन् । ‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्ने हो ? कस्तो वातावरण बनाउनु पर्ने हो […]

भिजिट भिसा प्रकरणमा तत्कालै छानबिन समिति बनोस् : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनु पर्ने माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। ‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया […]

जामाचो हाइकिङमा हराएका बालकको सेनाले गर्‍यो उद्धार

तस्बिर सौजन्य :नेपाली सेना काठमाडौं । परिवारसँग जामाचो हाइकिङ गएर फर्कने क्रममा जेठ ३१ देखि हराएका एक जना बालकको नेपाली सेनाले उद्धार गरेको छ । बालकको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गोङ्गबु गणेशथानका १३ वर्षीय बालकलाई नागार्जुनस्थित भैरवीदल गणबाट खटिएको टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको नेपाली सेनाले जनाएको छ। […]