मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने […]

२५ सयले घट्यो सुन

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको १ लाख ९७ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको […]

ट्रेड टावरको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । ट्रेड टावर लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । जेठ २० गतेदेखि लागू हुने गरी क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । क्यापिटलले कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पुरा गरेको थियो । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै आगामी दिनमा क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनका सम्पूर्ण कामहरु गर्नेछ […]

यूनाइटेड अजोडको सञ्चालकमा रंजित नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको र उनको नियुक्ति कम्पनीको आगामी साधारणसभाबाट पारित गरिने पनि जनाएको छ।

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

म्याग्दी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुन सकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त संख्याको संस्थापक शेयर बिक्रीमा राखेको हो । राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। यसमा लागि ३५ दिनको अवधि दिइएको […]

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा मंगलबार बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ३ […]

नेपाल राष्ट्र बैंकको कानुनी खाकाको समीक्षा गर्दै आईएमएफ

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ नयाँ कानुनी खाका अध्ययनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पठाइएको छ । राष्ट्र बैंकको मस्यौदा ऐन आईएमएफ पुगेको अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल जानकारी दिए । राष्ट्र बैंक ऐन संशोधनको तयारीसँगै अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप केन्द्रीय बैंकलाई थप स्वायत्त, सक्षम र उत्तरदायी बनाउने उद्देश्यका साथ मस्यौदा आईएमएफमा पेश गरिएको पोखरेलले […]

विदेशबाट फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रका आधारमा खाता अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूको खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्नुपर्ने व्यवस्था रहेको छ । तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता […]

विन नेपालको सीईओबाट खनालको राजीनामा, खतिवडालाई निमित्तको जिम्मेवारी

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जीवन खनालले राजीनामा दिएका छन् । खनालले राजीनामा दिएपछि दिपेन्द्र खतिवडालाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई खतिवडालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गरेको जानकारी गराएको हो । संस्थाको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार खतिवडालाई उक्त […]