फेरि घट्यो शेयर बजार, नेप्से करिब ४ अंकले घट्दा साढे ५ अर्बले घट्यो कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने मंगलबार पुनः घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२८ र फोल्ट इन्डेक्स ०.२० अंकले घटेको […]

