अमेरिकी डलरसहितको केहीको मूल्य स्थिर, अधिकांश मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ भने युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती दिनारलगायत मुद्राको भाउ बढेको छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । […]

आज बंगालको खाडी र अरब सागरबाट भित्रिएको हावाको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली […]

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

काठमाडौं । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् । तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको […]

प्रभु इन्स्योरेन्सको खुद नाफ १९ करोडले घट्यो

काठमाडौं । प्रभु इन्स्योरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको देखिएको हो। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३९ करोड १४ […]

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री […]

मौसमले साथ दिएन सगरमाथा चढ्न, अवरोध पुर्‍याउँदै तीव्र गतिको हावा

काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ […]

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने १ सय वुँदे सुझाव दिएको हो । सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा गर्न […]

सानिमा जीआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ३५ लाख रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १६.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड […]

टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न

काठमाडौं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न […]

सलिकोको नाफा २५ करोड बढी

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) को नाफा २५ करोड बढी रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा २५ करोड १९ लाख ४९ हजार पुगेको छ । गत आवको सोहि अवधिको तुलनामा भने खुद नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ५४ लाख ६ […]