मन्त्री गुप्ताद्धारा सखुवाप्रसौनी र पटेर्वासुगौलीमा सडक शिलन्यास

पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका -१ मा सडकको शिलन्यास गरेका छन् । मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्यास सँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिकाको ४ मा निर्माण हुने खेलकुद मैदानको पनि आज […]

नागढुङ्गा–नौबिसे सडक खण्ड ५ दिन बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक सोमबार देखि बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य गर्न सडक ५ दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको हो । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले […]

प्रधानमन्त्रीबाट निमार्णाधिन कीर्तिपुर रंगशालाको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निमार्णाधिन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका थिए । प्रधानमन्त्री […]

एन प्याब्सनमा संगठन विस्तारमा तीव्र , नयाँ सदस्य विद्यालयहरूको आकर्षण

काठमाडौं । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सुनसरीको तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य विद्यालयहरूलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार लक्ष्मी पार्टी प्यालेस इनरुवामा आयोजित स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम मार्फत २१ वटा नयाँ निजी विद्यालयहरूको एन प्याब्सनमा औपचारिक प्रवेश गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी […]

होण्डाको तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको […]

भक्तपुरमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप-२०२५” आयोजना हुँदै

काठमाडौं । बागमती प्रदेश हक्की संघको आयोजनामा जेठ २५ र २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ स्थित दिव्यश्वरी प्लानिङ्गमा स्थित रोयल नेपाल फुटशलमा “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप- २०२५” प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता […]

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरेका हुन् । स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत […]

११.०६ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

काठमाडौं ।कारोबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक घटेको छ । नेप्से आज ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा आएको छ । आइतबार नेप्सेमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर कारोबार भएको छ । ३१३ कम्पनीको शेयर ८६ हजार ६३६ पटक कारोबार भएको […]

काठमाडौं उपत्यकामा हराएका २२ दुईपांग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा हराएका तथा चोरी गरिएका २२ वटा दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई फिर्ता गरेको छ। उक्त सवारी साधन कार्यालयमा आयोजित विशेष कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा […]

नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचारः प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले टेलिकमको बिलिङ प्रणालीमा व्यापक अनियमितता र आर्थिक हिनामिनाको आरोपमा मुद्दा अघि बढाएको हो। आरोपपत्रअनुसार, टेलिकमको सेवा प्रणालीमा भ्रष्टाचार गरी संस्थालाई ३३ करोड ४८ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याइएको दाबी गरिएको छ। मुद्दा अहिले […]