रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिबाट सञ्चालमा आउने
काठमाडौं । असोज दोस्रो सात आएको अविरल वर्षाले बाढी र पहिरोको कारण बन्द रहेको रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सीमा क्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको […]

