शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा २८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा […]

पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं ।  बागमती,आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा १ अर्ब ८६ करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ५७ करोड ८९ लाख राजस्व सङ्कलन भएको […]

नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई यहाँ सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन। गभर्नर अधिकारीले भने, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ […]

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ । उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्तिहरू रहेका छन् । उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए । सो बारे जानकारी प्राप्त भएपछि […]

साताको शेयर : ११८ अंकले सुचक घट्दा, करिब ३० अर्बको कारोबार

काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता साताभर नेपाल स्टक एक्सचेन्ज, नेप्से खुल्यो । साताभर चलेको धितोपत्र दोस्रो बजारमा करोकार रकम र कारोबार कित्तामा सुधार देखिएको छ । यो साता धितोपत्रको दोस्रो बजारमा २९ अर्ब ९५ करोड बढीको ७ करोड ३७ लाख २० हजार बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता तीन दिन […]

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं । आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ […]

‘मुन्दुम ट्रेल’ पर्यटकको रोजाइमा

खोटाङ । साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौं लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् […]

कृति भेन्चर फण्ड लिमिटेडले साधारण सभामा आईपीओ प्रास्ताव गर्ने

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जानकारी गराएको हो । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने/गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने […]

एभरेष्ट कलर लिमिटेड आईपीओ निष्कासनको तयारीमा

काठमाडौं ।एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै आगामी मंसिर १ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भक्तपुरको मध्यपुर ठिमीस्थित ह्वाईट प्यालेस बैंकेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि […]