महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंकको रुपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्दि«त बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक […]

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको घाम ऊर्जा सेवामा रणनीतिक लगानी

काठमाडौं । ग्लोबल इक्विटी फन्ड द्वारा व्यवस्थित स्थायी पूँजी कोष, नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले नेपालमा सौर्य ऊर्जा समाधानको अग्रणी प्रदायक कम्पनी घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवामा रणनीतिक लगानी गरेको छ । यो लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई अगाडि बढाउने र दिगो पूर्वाधार विकासलाई प्रवर्द्धन गर्ने ग्लोबल इक्विटी फन्डको प्रतिबद्धतालाई जोड दिन्छ । […]

आगामी आवमा प्रदेश सरकारलाई संघीय सरकारबाट करिब ७८ अर्ब अनुदान

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारहरूलाई करिब ७८ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार राजस्व बाँडफाँट प्रणालीमार्फत प्रदेशहरूलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने योजना रहेको छ। राजस्व बाँडफाँटमा सबैभन्दा धेरै बजेट कोशी प्रदेशलाई प्रदान गरिने अनुमान गरिएको छ। कोशी प्रदेशले १२ अर्ब ३९ […]

सुनको मूल्य १ लाख ८० हजार ३००

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मको उच्च विन्दु एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजार २०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार […]

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

काँक्रेविहार । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ […]

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

सानिमा जिआईसीको साधारणसभा आज,नगद लाभांश र बोनश शेयर वितरण प्रस्ताव

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा आज कालिकास्थान, काठमाडौंमा हुँदैछ । कम्पनीले आगामी साधारण सभामार्फत् नगद लाभांश र बोनश शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्बको ०.३९४७ प्रतिशतका दरले हुने आउने ७८ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश वितरण (प्रस्तावित लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने जनाएको छ […]

विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुलाब हुँदैछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । जसअनुसार कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० […]

अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरोपियन युरो, बेलायती पाउन्डलगायत अधिकांश मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । चार दिन स्थिर रहेपछि आज अमेरिकी डलरको […]

कोशी र मधेशमा आंशिक बदली, अन्य प्रदेशमा मौसम सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]