सुनको मूल्य स्थिर चाँदीको घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा पनि सुनको कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोल १ हजार ८९५ रुपैयाँमा […]

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं  सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा […]

मुलुकको कूल व्यापार घाटा ७ खर्ब २३ अर्ब

काठमाडौं । मुलुकको कूल व्यापार घाटा  ७ खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा […]

 आज माघ शुक्ल पञ्चमी : वसन्त श्रवण, सरस्वती पूजा

काठमाडौं ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले […]

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि […]

ओम मेगाश्री फर्मासुटिकल्सको आइपीओ बिक्रि खुल्ला

काठमाडौं । ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको आइपिओ आज माघ २१ गतेदेखि बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्काशन गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्ने छन् […]

नेपालमा इन्टरनेट सेवा प्रभावित, अब सामान्य अवस्थामा फर्कियो

काठमाडौं । नेपालमा आइतबार राति करिब ९ बजेदेखि इन्टरनेट सेवामा व्यापक समस्या देखिएको थियो। भारतमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति पुगेपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका थिए। भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा रहेका अपस्ट्रिम प्रदायकहरूको मुख्य फाइबर केबलमा क्षति पुगेपछि नेपालमा इन्टरनेट ब्यान्डविथ आपूर्तिमा अवरोध देखिएको थियो। यसका कारण नेपालमा मोबाइल […]

डलरको मूल्य स्थिर, युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ३१ पैसा बिक्रि दर […]

यामाहाद्वारा काठमाडौंमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

काठमाडौं । काठमाडौंका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ। यामाहा रेजेडआर हाइब्रिड १२५ सीसीलाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो। यामाहा रेजेडआर हाइब्रिड […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी सीओटी टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती […]